सोमवार, कार्तिक २५, २०८२

रामजहदी सा.व.उ.स.को २५औं साधारण सभा सम्पन्न

भालुबाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन उपभोक्ता समुहको २५औं साधारण सभा शनिबार पाखापानीमा सम्पन्न भएको छ ।

सामुदायिक वन समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य डिलाराम पौडेलले गर्नु भयो ।

सामुदायिक वनका सदस्य हिमलाल आचार्यको स्वागत मन्तब्य बाट शुरू भएकाे साधारण सभामा प्रमुख अतिथि पौडेल, विशिष्ट अतिथि एवं पत्रकार महेश रिजाल, समुहका निवर्तमान उपाध्यक्ष युवराज भण्डारी, समाजसेवी ठाकुर प्रसाद आचार्य, नव प्रतिभा आधारभूत विद्यालयका प्रधानाध्यापक फर्सुराम आचार्य, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोख्रेल, राप्ती गाउँपालिका वार्ड नं १ का वडा सदस्य आत्माराम पौडेल तथा उपभोक्ता भद्रकाली चौधरी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सचिब हुमप्रसाद आचार्यको सञ्चालनबाट शुरुभएको साधारण सभामा अध्यक्ष हरिप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मला रोकाले २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभामा नवप्रतिभा आधारभूत विद्यालय पाखापानी र स्वर्गद्वारी प्रावि पुल्चोकमा अध्ययनरत दुई छात्र र दुई छात्रा गरी चार जना विपन्न छात्रछात्राहरुलाई पठन पाठनका सामग्री द्वारा पुरस्कृत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation