नेपाल विद्यार्थी संघ ऐरावती आदर्श बहुमुखी क्याम्पसको इकाइ अध्यक्षमा भट्टराई

देउखुरी । नेपाल विद्यार्थी संघ दाङले जिल्लामा संगठनलाई सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ ।

आसन्न स्ववियू निर्वाचनसँगै संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरुको हकहितका लागि वकालत गर्नका लागि संगठन विस्तारको कार्यलाई तिव्रता दिएको हो ।

यसै क्रममा मंगलबार दाङ देउखुरी स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन गरेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दाङ जिल्ला सदस्य प्रकाश रेग्मीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रय महाधिवेशन प्रतिनिधी हरी भुसालको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापती विद्यासरण चौधरीको विशिष्ट आतिथ्यतामा भएको विद्यार्थीहरुको भेलाले भुवन भट्टराईको सभापतित्वमा २६ सदस्यीय नेपाल विद्यार्थी ऐरावती आदर्श बहुमुखी क्यामपस इकाइ कार्यसमिति गठन गरेको छ ।

जसको उपसभापतिमा मधु बस्नेत, सचिव अरूण पौडेल, सह सचिब रेजिना कुमाल, कोषाध्यक्ष सुदर्सन सुबेदी र अन्य २१ सदस्यहरू रहेका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ देउखुरी बहुमुखी क्याम्पसका पुर्व सभापती सागर पोख्रेल तथा विद्यार्थीहरुको उपस्थीती रहेको कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस राप्ती गा पा निबर्तमान सचिब अनिल पौडेलले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation