प्रेस चौतारी नेपाल राप्तीको प्रचार भेला सम्पन्न : अध्यक्षमा सुनार

भालुवाङ प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटको प्रचार भेला मसुरीयामा सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटिका अध्यक्ष हुमा सुनारको अध्यक्षता एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले आगामी कार्यकालको लागि हुमा सुनारको अध्यक्षतामा ११ सदस्यीय प्रेस चाैतारीको राप्ती गाउँपालिका कमिटि पुर्नगठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा माधव खनाल, सचिवमा हरि भण्डारी, कोषाध्यक्षमा सिर्जना थापा रहेका छन् । त्यसै गरि सदस्यहरूमा राजकुमार विश्वकर्मा, अनुप एमसी, निशा कुमारी चाैधरी, सैना चाैधरी, विकास भट्टराई, चेतना भट्टराई र वर्षा केसी रहेका छन् ।

यस्तै भेलाले पार्टीको मिसन ग्रास रूटलाई सफल बनाउन प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीका सदस्य ओमप्रकाश गुप्ताको संयोजकत्वमा ३ सदस्यीय प्रचार समिति गठन गरेको छ । जसका सदस्यहरूमा चाैतारीका दाङ जिल्ला सदस्य जगत खनाल र महिला विभाग उपाध्यक्ष लक्ष्मी पोख्रेल रहेका छन् । त्यसै गरि भेलाले गाउँपालिकाको ९ वटै वडाको सुचना समाचार संप्रेषणका लागि जिम्मेवारी समेत तोकेको छ ।

जस अनुसार वडा नम्बर १ का लागि राजकुमार विश्वकर्मा र अनुप एमसी वडा नम्बर २ का लागि हुमा सुनार, वर्षा केसी र हरि भण्डारी, वडा नम्बर ३ का लागि लक्ष्मी पोख्रेल, वडा नम्बर ४ का लागि माधव खनाल, वडा नम्बर ५ का लागि सिर्जना थापा, विकास भट्टराई, चेतना भट्टराई र निशा कुमारी चाैधरी, वडा नम्बर ६ र ७ का लागि ओमप्रकाश गुप्ता, वडा नम्बर ८ का लागि सैना चाैधरी र वडा नम्बर ९ का लागि जगत खनाल रहेका छन् ।

महिला विभाग उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारी, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्यहरू गणेश आचार्य, सन्तोष कुमार गुप्ता, प्रचार विभाग प्रमुख सुर्दशन रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चाैतारीका दाङ जिल्ला सदस्य जगत खनालले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation