बिहिबार, माघ २३, २०८२

बिरगंज भन्सार एजेन्टहरुले इन्स्पेक्टर भट्टलाई मासिक दश हजार नदिए काम गर्न नदिने लगाए आरोप

पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्र सहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्ष सम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सार सशस्त्र इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिए पछी बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् ।

जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा भारतीय सवारी साधन प्रवेश गर्दा अनिवार्य इन्ट्री वा भन्सार गराउनु नै पर्ने भएकोले भाषा नबुझ्नुकाे कारण एजेन्ट मार्फत नै भन्सार गर्ने गरेका थिए आफु खुसी सय पचास नागरीक हरुले दिने गरेका छन ।

भारतीय नागरीकलाई समय बढि लाग्नु पर्ने भएकोले एजेन्ट मार्फत नै भन्सार गराउने काम भैरहँदा आफुहरू ६ वर्ष देखी १८ बर्ष ( फरक फरक समयावधि ) सम्म भन्सार एजेन्टकाे यहाँ काम गरी विदेशी नागरीकलाई समयकाे बचत गरी काम गर्दै गर्दा बिरगंज भन्सार सशस्त्र विओपी इन्स्पेक्टर रविन्द्र भट्टले एजेन्टबाट महिनाको १० हजार पैसा मागे नदिए काम गर्न नदिने जबकी सशस्त्र प्रहरीकाे मातहतको नरहे पनी सशस्त्र इन्स्पेक्टर भट्टले बर्दीकाे आडमा एजेन्टहरुलाई खुलेयाम धम्की दिँदै मानसिक टर्चर गरिरहेका छन ।

महिनावारी पैसा दिए काम गर्न मिल्ने नदिए काम गर्न नमिल्ने र काम गरेको खण्डमा समातेर कुटपिट गर्ने गरेका छन् । प्रत्येक व्यक्तिले मासिक १० हजार रुपैयाँ बुझाउनु पर्छ । इन्सपेक्टर भट्टले अन्यथा कुटपिट गरी एजेन्टहरुलाई भगाउने जस्ता कार्यहरु गर्दै आएका छन । एजेन्टहरु इन्सपेक्टरबाट पिडित भैसकेका छन । पैसा नदिदा सम्म काम गर्न नदिने आरोप एजेन्टहरुले लगाएको छन ।

पत्रकारहरुले एजेन्टको भनाई राख्दै गर्दा क्यामरा अगाडिबाट एजेन्टलाई तानेर भित्र लगे एका एक पत्रकारकाे क्यामेरा देख्ने वित्तिकै इन्सपेक्टर रविन्द्र भट्ट आफ्नो कार्यालयको गेट भित्र लगेका थिए । यता यस विषयमा बिरगंज भन्सार सशस्त्र इन्स्पेक्टर रबिन्द्र भट्टसंग कुरा गर्दा यसो भन्छन् । मलाई उजुरी आएपछी जनतालाई मैले ठग्न दिन्न सम्बन्धित मान्छे आफै आउछु भन्सार गरेर जान्छ कुनै पनि मान्छेलाई यात्रु शाखा भित्र छिर्न दिन्न काम गर्ने हो हामीले सकियो जनताले यसो भने त्यसो भने कानुन छ ।

४/५ जना एजेन्टले अबदेखि हामी गर्दैनौं भनेर सहमति कागज गरेर छोडेको हो, मलाई उजुरी आए पछी भन्सार राजस्वसंग समन्वय गरेर रोकेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation