बिहिबार, माघ २३, २०८२

नर्ती खानेपानीको आयोजनामा एक दिने सचेतना मुलक कार्यक्रम सम्पन्न

देउखुरी । नर्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समुहको आयोजनामा उपभोक्ताहरु संग १ दिने सचेतना मुलक कार्यक्रम लमही नगरपालिका १ नर्तिमा रहेको सुर्य बिनायक मा वि नर्तिमा शनिवार सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय घोराही दाङका यस सचेतना मुलक कार्यक्रमका प्रशिक्षक रहनु भएका वसन्त कुमार दुलालको प्रमुख आतिथ्यता, नर्ती खानेपानी तथा सरसफाइ समुहका अध्यक्ष कुल चन्द्र पोख्रेलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा दुलालले खानेपानी शुद्धता, खानेपानी सरसफाई, कस्तो पानी पिउदा मानव शरिरलाई असर गर्दैन, पानीलाई कसरी संरक्षण गर्ने लगाएताका बिषयमा खानेपानी उपभोक्ताहरुलाई जानकारी तथा सचेतना मुलक कुराहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका वडा नम्बर १ का निवर्तमान अध्यक्ष नुमराज पौडेलले खानेपानीको मुल देखि हाम्रो मुख सम्म खानेपानी पुर्याउन हामी कति जानकार छौ । सचेतना कार्यक्रम भनेर शब्दमा अनि व्यानरमा मात्र नभई सम्बन्धित कुराहरुलाइ औल्याउँदै हामी कसरी सुरक्षित खानेपानी पिउन सक्छौ र कसरी स्वच्छ जिवनयापन गर्न सक्छौ भन्ने कुराहरू आजको सचेतना कार्यक्रमबाट सिक्न पायौं भन्ने लगाएतका कुराहरू बताउनु भएको थियोे ।

सोही अवसरमा चैत्र १ गते देखि ३ गते सम्म नर्ती खानेपानी तथा सरसफाई उपभोक्ता समुहले दिएको तालिममा भाग लिनु भएका ११ जना प्रशिक्षार्थीहरुलाई खानेपानीका अध्यक्ष कुल चन्द्र पोख्रेलले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

कार्यक्रममा लमही न पा १ नम्बर वडाका निवर्तमान अध्यक्ष नुमराज पौडेल, नर्ती खानेपानीका संयोजक सल्लाहकार नेत्र प्रसाद शर्मा, उपाध्यक्ष सीता खनाल, कोषाध्यक्ष मोतीराम पौडेल, मा. बि. नर्तिका प्र.अ. बिष्णु प्रसाद पौडेल, आलेप समितिका सदस्य ज्ञान हरि रिजाल लगायतको उपस्तिथि रहेको थियो ।

लेखराज आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन चेतकान्त खनालके गर्नु भएको थियो भने खानेपानीका अध्यक्ष कुल चन्द्र पोख्रेलले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation