संसदमा एमाले र कांग्रेसका सांसदहरूको सवाल जवाफ

प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । सो क्रममा संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहेका छन् । जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहेका विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गरे ।                                                                                   

सो क्रममा सरकार र सत्तारुढ दलप्रति उनी आक्रमक रुपमा अभिव्यक्ति दिए । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उनीहरुले गठबन्धनप्रति टिप्पणी गरे । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको बताए ।

यसपछि संशोधन प्रस्ताव पेस गर्दै कांग्रेस सांसद प्रकाश रसाइलीले एमाले सांसदलाई जवाफ दिँदै भने, ‘मध्यराति संसद विघटन गर्ने, संसद चाहिँदैन भन्ने, अहिले त्यही सांसद पदको लागि भोट माग्दै हिँड्ने ?’

आफूले गठबन्धन गर्दा पवित्र हुने र अरुले गर्दा अपवित्र हुने भन्दै एमाले सांसदलाई प्रश्न गर्दै उनले भने, ‘हिजो एमाले पनि गठबन्धन गरेर गएको थियो, त्यतिखेर कांग्रेस एक्लै लडेको थियो । अहिले अरुले गठबन्धन गर्दा अपवित्र हुने ?’

कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation