सोमवार, कार्तिक २५, २०८२

जन्म दिनको अवसरमा बेल्वासे द्वारा बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण

जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिडीहरुमा व्यापक पाईन्छ ।

तर राप्ती गाउँपालिका वडा नम्बर एक पाखापानी निवासी अशाेक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाउनु भएको छ ।

बेल्वासेले आफ्नो ३० औं जन्म दिनको अवसरमा आईतवार पालिकाकाे वडा नम्बर आठ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २६ जना बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरि मनाउनु भएको छ ।

फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिन आश्रममा मनाएको उहाँले बताउनुभयो ।

सेवा आश्रमकी स्वास्थ्यकर्मी दिलमाया सेनले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कार्य भएकोे बताउदै अन्य व्यक्तिहरूले यसकाे सिकाे गर्न आवश्यक रहेको बतानु भयो ।

बेल्वासे केही वर्षयता सामाजिक सेवामा समर्पित आशाका किरण नामक संस्था स्थापना गरि सामाजिक सेवामा अग्रसर रहदै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation