बिहिबार, माघ २३, २०८२

दाङको राप्ती गाउँपालिकाद्वारा वडा नम्बर ९ का १३ विपन्न घर परिवारलाई नि:शुल्क साेलार वितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ ।

विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण गर्नु भएको हाे ।

साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यले पालिकाले साे साेलार बत्ती वितरण गरेको बताउनुभयो ।

अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाकाे कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तार गर्नका लागि आफुले पहल गरिरहेकाे बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा साे कार्यकाे शुरुवात हुने बताउनु भएको छ ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकाले नि:शुल्क रुपमा प्रदान गरेकाे साेलार बत्तीलाई सहि तरिकाले प्रयाेग आग्रह गर्नु भएको थियाे ।

पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका साेलार वितरण गरिएको हाे ।

उक्त गाउँमा विद्युत विस्तार नहुँदा वर्षौ देखि स्थानीयहरु घन्टाै पैदल यात्रा गरेर माेबाईल चार्ज तथा अन्य विद्युतीय कामकाे लागि देविकाेट आउनु पर्ने बाध्यता रहेकाे छ ।

सोलार वितरण भए सँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर नाै का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनु भएको छ ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् ।

उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, कार्यपालिका सदस्य रण बहादुर पुजाली, समाजसेवी चित्र बहादुर थापा मगर, सुरेश चाैधरी लगायतकाे उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation