बिहिबार, माघ २३, २०८२

जिल्लामै पहिलो पटक राप्तीले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्दै

भालुवाङ । दाङ जिल्लामै पहिलो पटक राप्ती गाउँपालिकाले शिक्षामा गरिएको सार्वजनिक लगानीको प्रतिफल मापन अनुसन्धान गर्न लागेकाे छ ।

यसै विषयमा बिहिवार पालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग पालिकाकाे सभाहल मसुरीयामा अनुसन्धान लागि संकलन गरिने तथ्याङ्कको शन्दर्भमा अन्तर्क्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गएको छ ।

राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा सञ्चार चौतारी, दाङकाे सहजीकरण समन्वयमा सम्पन्न भएको छलफल कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा देखिएका चुनाैतीहरु लाई समाधान गर्न र आगामी दिनहरूमा आवश्यक पर्ने निति नियम तथा विभिन्न याेजनाहरु बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बताउनु भयो ।

त्यस्तै उहाँले सामुदायिक विद्यालयहरुमा राज्यले लगानी गरे अनुरुप शिक्षामा रुपान्तरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकहरुले आ आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु पर्ने कुरामा जाेड दिनु भयो ।

साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, सञ्चार चौतारी दाङका सुदर्शन रिजाल, कृष्ण पाैडेल लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation