बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका द्वारा दलित युवाहरुकाे लागि एक महिने माेटर ड्राइभिङ तालिम दिन शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिकाले दलित युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले एक महिने माेटर ड्राइभिङ तालिम दिन शुरु गरेको छ ।

“सीप सिकाैँ,स्वराेजगार बनाैँ” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाकाे आर्थिक सहयोग तथा तारा टेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालि राप्ती गाउँपालिका वडा नम्बर चारकाे आयोजना बिहीबार देखि तालिम दिन शुरु गरिएको हाे ।

तालिम उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष वीर बहादुर चाैधरीकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले लामाे समयसम्मकाे आन्दोलन र नयाँ संविधान निर्माण भए सँगै दलितहरुका कतिपय अधिकारहरु प्राप्त भए पनि अझै दलित समुदायहरु केही अवसरहरुबाट बन्चित भएको बताउदै त्यस्ता समुदायका युवाहरू लाई ब्यवहारि सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले तालिम प्रदान गर्न लागिएको बताउनुभयो ।

त्यस्तै उहाँले सीप भए जुनसुकै ठाउँमा गए पनि खाली बस्नु नपर्ने बताउदै इमानदारीपूर्वक तालिम सिक्न र सिकेको कुरा पछि व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव समेत दिनु भएको थियो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले दलित समुदायका बालबालिका तथा युवाहरुका लागि पालिकाले माेटर ड्राइभिङ, कम्प्युटर तालिम लगायत विभिन्न दलित लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पालिकाका वडा नम्बर नाै का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, वडा नम्बर दुईका निवर्तमान वडा अध्यक्ष जगत थापा, लेखा अधिकृत धन प्रसाद शर्मा, युवा, शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसी, पञ्जिकरण शाखाका प्रमुख नारायण बहादुर रावत लगायतको सभागीता रहेको थियो ।

पालिकाका भित्रका एघार जना प्रशिक्षार्थीहरुकाे सहभागीता रहेको कार्यक्रमकाे सञ्चालन तारा टेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक तारा प्रसाद भुसालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation