राप्ती प्रेस मञ्चद्धारा रकम बाँडेको विषयमा सत्यतथ्य छानवीन गर्न माग

भालुवाङ २३ असार । दाङको राप्ती गाउँपालिका स्थित राप्ती नदीमा प्रगन्ना कुलो सिंचाई खन्दा पत्रकार सहित जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधीलाई रकम बाँडेको घटना प्रति राप्ती प्रेस मञ्चको गम्भिर ध्यानाकर्षण भएको छ ।

कुलो खन्ने जिम्मेवारी लिएको अनन्त कन्ट्रक्सन प्रालिले नदीजन्य पदार्थ उत्खनन् गर्दा यस मञ्चका अध्यक्ष सहित केही पत्रकार लगायत प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी लगायतका व्यक्तिलाई रकम बाँडेको घटना प्रति मञ्चले आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

मञ्चका महासचिव ओमप्रकाश गुप्ताले शनिवार एक प्रेस विज्ञप्ती जारी गरि यस घटनाबारे सत्यतथ्य छानवीन गरि दोषीलाई अनुसन्धानको दायरामा ल्याई कार्वाही गर्न र समाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति गलत ठहरिएमा नीजलाई समेत कारवाही गर्न विज्ञप्ती मार्फत जोडदार माग गरेका छन् ।

साथै कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम लिनेदिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन राप्ती प्रेस मञ्च हार्दिक अनुरोध गर्दछ विज्ञप्तीमा भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation