बिहिबार, माघ २३, २०८२

राप्तीका शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलाप प्रविधिमैत्री बनाउन कम्प्युटर तालिम प्रदान

देउखुरी २६ असार । शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री बनाउन दाङको राप्ती गाउँपालिकाले शिक्षकहरुलाई एक महिने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा तेजश्री प्राविधिक शिक्षालय राप्ती ४ माैरीघाटकाे व्यवस्थापनमा संञ्चालन भएकाे तालिममा पालिका भरीका सामुदायिक र संस्थागत विद्यालयका ३६ जना शिक्षकहरुकाे सहभागीता रहेको थियो ।

आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई कितावी ज्ञान मात्र नभई नयाँ प्रविधिका क्षेत्रमा शिक्षकहरुको कार्य दक्षतामा वृद्धि गरिनुपर्ने लक्ष्यका साथ कम्प्युटर तालिम दिएकाे पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने भएकाले प्रविधिमैत्री शैक्षिक वातावरण सिर्जनाका लागि शिक्षकहरु दक्ष हुनुपर्ने बोध गरेर कम्प्युटर तालिम प्रदान गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भयो ।

आधुनिक समयसापेक्ष अध्यापनलाई सूचना र प्रविधिसँग जोड्न यस तालिमकाे महत्त्वपूर्ण भूमिका रहने उहाँ भनाइ रहेको छ ।

यसैबीच तालिमको एक कर्यक्रमकाे आयोजना गरि साेमबार माैरीघाटमा समापन गरिएको छ ।

शिक्षालयका प्रशासकिय हरिनारायण चाैधरीकाे अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आथित्यतामा तथा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विककाे विशिष्ट आतिथ्यतामा तालिम समापन गरिएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation