बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकाकाे बजेट तथा वर्षे अधिवेशन सम्पन्न

देउखुरी २७ असार । राप्ती गाउँपालिका दाङको बजेट तथा वर्षे अधिवेशन आर्थिक वर्ष २०८०/०८१ काे बजेट तथा विभिन्न विधेयक सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ ।

बुधबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनकाे छैठौं बैठक सकिए सँगै साे अधिवेशन सम्पन्न भएको हाे ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको छैठौं बैठकले सभाका सदस्य देव प्रसाद चौधरीले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको प्रस्तावित संगठन संरचना विधेयक, गेमे खड्काले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन विधेयक २०८० र विर बहादुर चौधरीले प्रस्तुत गर्नु भएको राप्ती गाउँपालिकाको जलस्रोत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेकाे छ ।

त्यस्तै सभामा सभाका सदस्यहरूले उठाएका प्रश्नहरुकाे सभाका अध्यक्ष प्रकाश विष्टले जवाफ दिनु भएको थियो ।

दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशन गत असार ८ गते देखि शुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation