बिहिबार, माघ २३, २०८२

राप्तीको न्यायिक समितिले ४९ विवाद निरुपन गर्यो

देउखुरी २९ असार । राप्ती गाउँपालिका न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ४९ वटा विवाद निरुपन गरेको छ ।

आर्थिक वर्ष २०८० साल असार २९ गते सम्म ४९ वटा विवाद दर्ता भएका थिए ।

त्यस्तै गत वर्षको निरुपण हुन बाँकी थप ४ वटा बिबाद गरि कुल ५३ वटा विवाद उपर छलफल गराई निरुपण गर्न सफल भएको पालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमलापति चौधरीले जानकारी दिनु भयो ।

न्यायिक समितिले आर्थिक वर्षको असार २९ गतेसम्म मेलमिलापको माध्यमवाट ती विवादहरु निरुपन गरेको हाे ।

हाल सम्म कुनै पनि विवाद प्रहरी र अदालत समक्ष सिफारिस गर्नु नपरेको उजुरी प्रशासक सुवास भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकामा उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा ३ सदस्य न्यायिक समिति रहेको छ ।

जसको सदस्यहरुमा वडा नं ३ की वडा सदस्य ईश्वरी परियार र वडा नं ५ का वडा सदस्य गाेविन्द कुँवर क्षेत्री  रहनु भएको छ भने विवाद निरुपनमा सहजीकरणकाे भूमिका निर्वाह गर्नका लागि अधिवक्ता हरि बेल्वारेलाई कानुनी सल्लाहकारकाे रुपमा नियुक्ति गरिएको छ।

आलीधुर, बाध पैनी, कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्वन्धि १७ वटा, आर्थिक लेनदेन सम्बन्धी १२ वटा, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको सम्वन्धि ७ वटा, घरायसी झगडा सम्बन्धी ८ वटा जस्ता विवादहरु न्यायिक समितिमा दर्ता भएका छन् ।

सबै विवादहरू न्यायिक समितिमा दर्ता भएको ३५ दिन भित्रै छलफल गरि निणर्य कार्यनयनमा आइसकेको प्रशासक भट्टराईले जानकारी दिनु भएको छ ।

त्यस्तै समितिको निणर्य चित्त नबुझी एक जनाले समितिमा पुनरावेदन गराउनु भएको छ भने ४ वटा विवाद निरुपन हुन अझै बाँकी रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation