बिहिबार, माघ २३, २०८२

नेपाल अंग्रेजी भाषा शिक्षक संघ एकदिवसिय कार्यशाला सम्पन्न

भालुवाङ ३० असार । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा )दाङ शाखा द्वारा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी बिषयको बिषयगत तथा प्रबिधि मैत्री कार्यशाला शनिवार होटल पौवामा सम्पन्न भएको छ ।

अंग्रेजी भाषा शिक्षक संघ दाङका अध्यक्ष तुल्सिराम डांगी को सभापतित्व, राप्ती गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख बिस्वास बिकको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा नेल्टा केन्द्रिय सदस्य होमराज खड्का, तुल्सीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मान बहादुर खड्का, जिल्ला सदस्यद्वय सिता शर्मा र बिकास पाण्डेले सहजिकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र सितगंगा नगरपालिका गरी जम्मा ८५ जना शिक्षकको सहभागिता रहेको नेल्टा दाङका जिल्ला सदस्य रमेश कडेलले बताउनु भयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै सहभागी अर्जुन बस्नेत र सोनु भण्डारीले आजको तालिम आवश्यक र फलदायी रहेको र आफुहरु कक्षा कोठामा प्रयोग गर्न आतुर रहेको बताउनु भयो ।

जिल्ला कोषाध्यक्ष देवराज भण्डारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिब हुकुम बहादुर जिसीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation