बिहिबार, माघ २३, २०८२

जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मान

देउखुरी १४ साउन । राप्ती गाउँपालिका स्तरीय नेपाल सितोरियो कराँते संघले ग्रेडिङ तथा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई शनिबार सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि मेडल तथा प्रमाणपत्र सहित सम्मान गरेको छ।

नेपाल सितोरियो कराँते संघ राप्तीका अध्यक्ष यमलाल वाग्लेको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

सो कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विष्टले खेलाडीहरुले खेलकुदको माध्यम बाट आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउने मात्र नभई भावनात्मक रुपमा एकतावद्ध बनाउने समेत बताउनुभयो।

त्यस्तै उहाँले पालिकाले खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विभिन्न तौल समूहका १५ जना विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक, नेपाल सितोरियो कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पदम बहादुर बस्नेत, लुम्बिनी प्रदेश स्तरीय सितोरियो कराँतेका प्रमुख प्रशिक्षक बलाराम नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राप्ती र लमही क्षेत्रका गरि तीन सय बढी सितोरियो कराँतेका खेलाडीहरु र तिनका अभिभावकहरुको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation