बिहिबार, माघ २३, २०८२

दाङकाे राप्तीमा ३ वटा वडामा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा, थप २ वटा वडामा आज बाट काम शुरु

देउखुरी १२ भदौ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ ।

यसै क्रममा आज मंगलबार पालिकाकाे वडा नं. ४ र ८ मा नाप नक्साकाे काम एकै साथ शुरुआत गरिएको छ ।

पालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साकाे काम शुरु गरिएको हाे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं.४ काे बुढीचाैर र ८ काे मिलन डाँडामा जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि नाप नक्साको कार्य शुरुवात गर्नु भएको हाे ।

साे अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भयो । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष विष्टले जग्गा नापजाँच गरि तत्काल लालपुर्जा वितरण गरिने बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले पालिकाकाे नाै वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निस्सा छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयाेग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुन: निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गरिने बताउनु भयो ।

हाल पालिकाकाे वडा नम्बर १,२ र ३ मा जग्गाको नाप नक्सा गर्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका भूमि सेवा शाखाका प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिनु भयो ।

गाउँपालिका भरि ४ हजार ५ सय ६४ जना भूमिहिन दलित ,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरु रहेका छन् ।

जसमध्ये ३ हजार ७ सय ७५ अब्यबस्थित बसोबासी, ५ सय ६९ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित रहेको शाखा प्रमुख गुरूङ्गले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation