शुक्रबार, माघ २४, २०८२

लालमटियाको आदर्श नमुना विद्यालय भित्र दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्राउ

भालुवाङ १७ भदौ दाङ देउखुरीको लालमटिया स्थित आदर्श नमुना माद्यमिक विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२, लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत बर्ष १३ की एक दृष्टिविहीन बालिका बालात्कृत भएकी हुन् ।

बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले सोही विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालक रामबहादुर खनाल पक्राउ गरेको छ । उनलाई आज आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।

खनालले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । बालिका सोही विद्यालयको दृष्टिविहीन पढ्ने विद्यालयमा पढ्दै आएकी थिइन । विगत पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पिडित बालिकाले आजै ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएपछि आजै नै आरोपित कार्यालय सहयोगी खनाललाई पक्राउ गरिएको प्रहरी निरक्षिक सिंहले जानकारी दिए । खनाललाई आजै म्याद थपका लागि दाङ—देउखुरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

यता यस बिषयमा विद्यालयका प्रधानध्यापक किरण पोख्रेललाई बुझ्दा विद्यालयले यस बिषयमा पिडित र पिडक संग बुझ्ने काम भइरहेको बताए । उनले घटनाबारे बुझ्न पिडितलाई स्कूलमा बोलाए पनि आउन नमानेको जानकारी दिए । साथै प्रधानध्यापक पोख्रेलले पिडित बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र बिषय स्पष्ट हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation