शुक्रबार, माघ २४, २०८२

देउखुरीको भालुवाङमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

भालुबाङ ६ असोज । दाङ देउखुरीको भालुवाङमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्था र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको संयुक्त आयोजना एवम् रक्त सञ्चार सेवा केन्द्र लमही र घोराहीको प्राविधिक सहयोग तथा होटल पौवा, ओम फोटो स्टुडियो, दुर्गा फलफूल पसल, पब्लिक एजुकेशन एकेडेमी लगायतको सहयोगमा भालुवाङ पुलचोक स्थित ग्रिनपार्कमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कार्यक्रममा महिला, पुरूष गरि २७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने, रक्त सञ्चार सेवा केन्द्र लमहीकी प्रमुख मनिषा चन्द ठकुरी, प्राविधिकहरू सिमा वली, प्राविधिक सहायक गोपीचन्द्र चौधरीले सेवा दिएका थिए ।

आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापती किरण भण्डारीको विशिष्ट आतिथ्यतामा भएको रक्तदान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले सानो रगत दानले कसैको ज्यान बाँच्छ भने रक्तदान गर्न आवश्यक रहेको बताएका थिए । रक्तदानले शरिरमा कुनै असर नभई तीन तीन महिनामा शरीर आफैले नयाँ रगत उत्पादन गर्ने भएकोले पनि रगत खेर जान दिनु भन्दा दान गर्नु पुन्यको काम भएको बताएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती मोबाइल तथा इलोक्ट्रिोनिक्स व्यवसायी संघका अध्यक्ष हरि खड्का, होटल पौवाका म्यानेजर श्याम न्यौपाने, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बासुदेव न्यौपाने लगायतको विशेष उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सहकोषध्यक्ष जीवराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation