शुक्रबार, माघ २४, २०८२

“जनतासँग माओवादी – विशेष रुपान्तरण अभियान” राप्तीमा तिव्र

देउखुरी १२ असाेज । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने “जनतासँग माओवादी-विशेष रुपान्तरण अभियान” अन्तर्गत राप्ती गाउँ कमिटीले अभियानलाई तिव्रता दिएकाे छ ।

यसै क्रममा आज शुक्रबार पार्टीले पालिकाकाे वडा नम्बर २ काे बाउन्ने पाटामा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जनभेटघाट कार्यक्रममा बाेल्दै गाउँपार्टीका सचिव बसन्त नेपालीले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको जनस्तर सम्म प्रचार हुन नसक्दा स्थानीय कार्यकर्ता र जनताहरुमा निराशा पैदा भएको बताउनुभयो ।त्यस्तै उहाँले सरकारले गरेका राम्रा कामहरुको सबैले खुलेर प्रचार गर्नुपर्ने कुरामा जाेड दिनु भयो ।

गाउँ पार्टीका काेषाध्यक्ष जगत बहादुर थापाले पछिल्लो चरण पार्टीका नेताहरु गाउँमा नजादा पार्टी कम्जोर भएको बताउदै पार्टीले थालेको अभियान तीन महिना मात्रै सिमित नभइ निरन्तर चलाई रहनु पर्ने अवश्यता रहेको बताउनुभयो ।

कार्यक्रममा बाउन्ने पाटा र त्यस आसपासका अन्य गाउँहरुका १ सय ५० बढी जनताहरुको सहभागता रहेको थियो ।

ढिलै भए पनि पार्टीले यस किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयहरु उत्साहित भएका थिए ।

पार्टीले अभियानका क्रममा जनताहरुकाे घरघरमै गई जनगुनासाे सुन्नुका साथै पार्टीलाई थप सुदृढ गर्दै लैजाने बताएको छ ।

गत भदौ १६ गतेदेखि सञ्चालित अभियानका क्रममा राप्ती गाउँपालिका पार्टी कमिटीले प्रत्येक वडाहरुमा निरन्तर विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation