शुक्रबार, माघ २४, २०८२

राप्ती प्रेस मञ्चले सेवा आश्रममा फलफुल दिएर मनायो दोस्रो स्थापना दिवस

सिसहनियाँ १७ असोज  दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आफ्नो दोस्रो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम बुधवार निलसागर सेवा आश्रममा मनाएको छ ।

मञ्च स्थापना भएको दुई बर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा मञ्चले राप्ती गाउँपालिका ८, पिपरीमा अवस्थित निलसागर सेवा आश्रममा रहेका सडक आश्रित बुवाआमाहरुलाई फलफूल खुवाएर वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले संस्था गरिव भएपनि पदाधिकारी र सदस्यहरु मनकारी भएकाले बुवाआमाहरुको स्वास्थ्यलाई फाइदा पुगोस् भन्ने हिसावले फलफूल प्रदान गरेको बताएका छन् । संस्था स्थापना सँगै स्थानीय स्तरबाट पनि आश्रमलाई सहयोग गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले आश्रममा आई फलफूल वितरण गरेर स्थापना दिवस मनाएकोमा प्रेस मञ्चलाई धन्यवाद दिनुका साथै आश्रमको समस्याका विषयमा प्रेस मञ्चले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरामा आफु विश्स्त रहेको बताएका थिए ।

कार्यक्रममा मञ्चका साधारण सदस्यहरु सिर्जना थापा, लक्ष्मी पोख्रेल, मोतीराम भट्टराई, श्रीधर कंडेल लगायतको उपस्थिती रहेको थियो ।

मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य, संस्थागत परिचय र बिषय प्रबेशबाट शुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

वि.सं. २०७८ असोज १७ गतेका दिन भालुवाङ स्थित होटेल पौवामा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, महासंघकै सह–सचिव दशरथ घिमिरे, महासंघकै सदस्यद्वय दुखहरण यादव र शिवराज खनालको बिशेष उपस्थिती तथा रोहबरमा राप्ती प्रेस मञ्चको स्थापना भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation