शुक्रबार, माघ २४, २०८२

गढवा गाउँपालिकाद्वारा बजार अनुगमन, म्याद नाघेको सबै सामान जलाएर नष्ट

गढवा २२ असोज । गढवा गाउँपालिकाले चाडपर्व नजकिदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ ।

सोमबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको नेतृत्वमा गढवा बजारको अनुगमन गरिएको हो ।

गढव गाउँपालिका वडा नम्बर ६ को मुख्य बजारको रुपमा रहेको गढवा बजारमा रहेका किराना पसल, होटल, फलफुल पसल र एग्रोभेट सेन्टरमा छड्के अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा भेटिएका म्याद सकिएका खाद्य सामाग्री, विषादीजन्य सामानहरू जनप्रतिनिधि, सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधि, प्रहरी र पत्रकारहरुको बिशेष उपस्थितीमा नष्ट गरिएको छ ।

अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए नभएको,बोर्डमा पाना नम्बर भए नभएको हेरिएको छ ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि गढवा गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।

बजार अनुगमन गढवा गाउँपालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक शारदा कुमारी चौधरीको, ६नम्बर वडाका वडा सदस्य गोबिन्द रोका, इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, गढवा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलाश चौधरी, ४ नम्बर वडा सदस्य अतिउल्लाह मनिहार, पशुपंक्षी तथा मत्स्य विकास शाखाको अधिकृत खेम बहादुर चौधरी, कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, संघ संस्था शाखाका सुरेश पौडेल, राजस्व शाखाका कुलराज कुमाल, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन ओली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खुमानन्द पोख्रेल, खाद्य अधिकार मञ्च गढवाका उमाकन्त पन्त, गढवा होटल ब्यवसायी संघका प्रतिनिधि, पत्रकार शिवराज पन्थी, उध्दम विकास सहजकर्ता बिनु भुजेल, पितानन्द यादव लगाएतकाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation