शुक्रबार, माघ २४, २०८२

बसको ठक्करबाट देउखुरीको भालुवाङमा एक जनाको मृत्यु

भालुवाङ २५ असोज । बसको ठक्करबाट दाङ देउखुरीको भालुवाङमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका ४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आउनु भएका अन्दाजी बर्ष २४ का बिजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक खनालको शब पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation