शुक्रबार, माघ २४, २०८२

‘एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण ’अध्यक्ष : विष्ट

देउखुरी २५ असाेज । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

बिहिवार पालिकाले पालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताउनु भएको हाे ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा आपसमा सद्भाव अभिवृद्धि गर्न चाडपर्वकाे महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो ।

‘चाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा सहयोग पुर्याउँछ’-अध्यक्ष विष्टले भन्नूभयो –‘त्यसैले चाडपर्वको महत्व छ, यिनको संरक्षण गर्नुपर्छ ।’

कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, लुम्बिनी प्रदेश सरकारका पर्यटन, उद्योग तथा यातायात मन्त्रालयका उप सचिव राजेन्द्र पन्थी, थारु लाेकतान्त्रीक मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष बुद्धि प्रकाश चाैधरी, नेपाली काङ्ग्रेसका प्रतिनिधि दुर्याेधन पाण्डे, नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष नारायण प्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्रका पार्टी राप्ती गाउँपालिका संयाेजक दाेर्ण जिसी, नागरिक समाज राप्तीका सचिव ओम प्रकाश गुप्ता, हाेटल व्यवसायी संघ भालुवाङ्गका अध्यक्ष महेश बेल्वासे, नेपाल शिक्षक महासंघ राप्तीका अर्थ सचिब विनोद कुमार गुप्ता, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्ताेष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधि, पालिकामा क्रियाशील राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन, उद्योगी व्यापारी, पूर्व जनप्रतिनिधि, शिक्षक संघ संगठनका प्रमुख, विद्यार्थी, संचारकर्मी लगायत पालिकामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation