बिहिबार, माघ २३, २०८२

आज दसैँको टीका, कुन दिशा फर्किएर लगाउने ?

आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि, दीर्घायु एवम् उत्तर उत्तर प्रगतिको कामना होस् भनी आशीर्वाद लिइन्छ ।

आजको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दसैँ लगायत विभिन्न पूजा आजा तथा चाडपर्वमा नेपाली समाजमा कुन दिशामा बसेर लगाउँदा शुभ या अशुभ भन्ने कुराको उल्लेख गरिएको पाइन्छ ।

शास्त्रीय मान्यता अनुसार दशैँको टीका लगाउँदा चन्द्रमालाई दाहिने पट्टि पारेर लगाउँदा निकै शुभ हुन्छ । टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation