बिहिबार, माघ २३, २०८२

बेसहाराहरु सङग रमाउँदै मनाए अध्यक्ष प्रकाश बिष्टले दशै

“हुने खानेको होइन हुँदा खानेको सहारा बन्नु पर्छ,
बेसहारा, गरिब दुःखिको लागि गरि हेर्नुस खर्च,
त्यस्ता व्यक्तिको मुहारमा हासो यत्तिकै कहाँ आउँछ र हजुर
जुन मुस्कानको लागि खर्च गर्दा पनि पाईदैन खरबौ खर्ब ।”

बर्षमा एक पटक आउने चाड पर्वको लागि मान्छेले धौड धुप गर्दै अरु भन्दा म कसरी राम्रो देखिन सक्छु, अरुलाई देखाउनका लागि मात्रै पनि, नभए पनि भए जसरी सान देखाउने मान्छेहरु धेरै देखिन्छन । अरुको मन दुखाएरै पनि आफू खुसी हुन चाहान्छन, त्यस्ता व्यक्ती क्षणिक समयको लागि त खुसी होलान तर सधैका लागि भने कदापी हुन सक्दैनन ।

तर आफ्नो आधा जीवन गरिव दु:खिको लागि खर्च गर्दै बेसहाराहरुको सहारा बन्दै, गरिव असहायको दु:खलाई आफ्नो दु:ख सम्झेर उनिहरु सङ्गै रमाउन सक्ने, आफू सङ्ग भएको चिज बाडेर आधा आधा खाए पनि पेट भरे झै लाग्छ भन्ने सोच बिचार भएका व्यक्ति अरु कोहि नभइ उहाँ हुनुहुन्छ लुम्बिनी प्रदेश दाङ देउखुरी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट ।

अध्यक्ष बिष्ट लामो समय देखि मानवसेवा गर्दै आइरहनु भएको छ । यसपालिको दसै राप्ती गाउँपालिका ८ पिपरिमा रहेको निलसागर सेवा आश्रम दाङका सहयाेगापेक्षी सडक मानवहरुलाई नयाँ कपडा दिदै खाना खुवाएर मनाउनु भएको छ ।

बिजया दसमी अर्थात दसैको दिन कार्तिक ७ गते मंगलबार एका बिहानै पिपरिमा रहेको निल सागर सेवा आश्रम गएर आश्रममा आश्रित ३० जना सहयोगापेक्षी सडक मानवहरुलाई एक एक थान नयाँ कपडा दिएर खाना खुवाउनु भएको हो ।

कोही नहुने व्यक्तिलाई हामिले आश्रममा लिएर राखे पछि उनिहरुको रेख देख गर्ने, दु:खमा हेरचाह गर्ने र उनिहरु पनि आफ्नै घरको सदस्य भएको हुँदा उनिहरुलाई खुसी बनाउनका लागि आफ्नो टीका नभए पनि उनिहरु सङ्गै रमाउन पाउँदा एकदमै खुसी भएको अध्यक्ष बिष्टले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation