शुक्रबार, माघ २४, २०८२

प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार आइतबार देखि शुरु

भालुवाङ १२ कार्तिक   लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबार देखि दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार आइतबार देखि शुरु भएको छ ।

लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एवम् नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा सेमिनार सुरु भएको छ ।

सेमिनारको उद्घाटन गर्दै अर्थमन्त्री मास्कीले राष्ट्रलाई हाप्किडो मार्फत विश्वव्यापी रुपमा चिनाउने सकोस भन्ने शुभकामना दिदै अर्थमन्त्री मास्कीले खेलकुदको संरक्षण सँगै राज्यको तर्फबाट कार्यक्रम तथा योजना बनाएर सेवा सुविधा दिदै खेललाई प्रशंसनीय कार्यको रुपमा अवलम्बन गर्न सक्नुपर्ने बताएका छन् ।

खेलकुल विकासका लागि संघीय सरकारमा युवा तथा खेलकुद मन्त्रालय र प्रदेशमा सामाजिक विकास मन्त्रालय रहेको बताउँदै अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेश भित्रका सवै खेलकुदलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको बताएका छन् ।

त्यस्तै उनले लुम्बिनी प्रदेशलाई खेलकुदको माध्यमबाट चिनाउन हाप्किडोले महत्वपुर्ण भुमिका खेल्ने कुरामा आफु विश्वस्त रहेको र खेलजिवनलाई सफल बनाउन राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् ।

सेमिनारमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ सय २० जना सिनियर प्रशिक्षकहरको सहभागिता रहेको छ । ५ दिन सम्म चल्ने सेमिनारको प्रशिक्षकमा नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रबिन गुरुङ रहेका छन् ।

हाप्किडो संघ प्युठानका अध्यक्ष प्रेम पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन हाप्किडो संघ प्युठानका सचिव यमराज पाठकले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation