सिसहनियाँ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङ-देउखुरीकाे राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नाे पहिलाे बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा मनाएकाे छ ।
वि.सं. २०७८ असाेज १७ गते अर्थात आज कै दिन भालुवाङ स्थित हाेटेल पाैवामा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, महासंघ कै सह-सचिव दशरथ घिमिरे, महासंघकै सदस्यद्वय दुखहरण यादव र शिवराज खनालकाे बिशेष उपस्थित तथा राेहबरमा राप्ती प्रेस मञ्चकाे स्थापना भएकाे थियाे । मञ्च स्थापना भएकाे आज एक बर्ष पुरा भएकाे भन्दै मञ्चले राप्ती गाउँपालिका-८, पिपरीमा अवस्थित निलसागर सेवा आश्रममा एक कार्यक्रमकाे आयाेजना गरी फलफूल बितरण गर्नुका साथै फ्रिज उपलब्ध गराउने घाेषणा समेत गरेकाे छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष तथा निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा मञ्चका अध्यक्ष अधिकारीले आश्रमलाई केही दिनमै फ्रिज प्रदान गर्ने घाेषणा गर्नु भयाे ।
मञ्चका बरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ताकाे स्वागत मन्तव्य, संस्थागत परिचय र बिषय प्रबेशबाट शुरू भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश पार्सद तथा मञ्चका मुख्य संरक्षक महेशचन्द्र रिजाल, आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्याैपानेले धन्यवाद ज्ञापन गर्नु भएकाे कार्यक्रमकाे सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएकाे थियाे ।











