शुक्रबार, माघ २४, २०८२

माओवादी केन्द्र गढवाले जाजरकोटका भुकम्प पिडितका लागि राहत संकलन गर्ने

गढवा । माओवादी केन्द्र गढवा गढवा गाउँपालिका कमिटीले जाजरकोटका भुकम्प पिडितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ ।

शनिबार माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपतकालीन बैठकले जाजरकोटका भुकम्प पिडितहरुको घाउमा मलम लगाउने उद्देश्यले तत्काल राहत संकल गर्ने निर्णय गरेको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।

साथै २०८० कार्तिक १७ गते ११:४७ बजे आएको भुकम्पका कारण अकालमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली, घाइतेहरू प्रति शिघ्र स्वास्थ्य लाभको कामना र मृतका परिवारजन समबेदना प्रकट गर्ने निर्णय गरेको अध्यक्ष तिलक घिमिरेले जानकारी दिनु भयो ।

जाजरकाेटका भुकम्प पिडितका लागि राहत संकलन गर्न माओवादी केन्द्रको सबै तहका कमिटिहरुलाई राहत संकलनको लागि परिचालन गर्न निर्णय समेत गरेको छ । ( शनिबार बेलुका सम्मको जानकारी अनुसार ) शुक्रबार राति गएको भुकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । भने १४० जना घाइते छन् । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको सार्वजनिक भएको छ भने ५५ जना घाइते भएका छन् । त्यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको सार्वजनिक भएको छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation