सोमवार, कार्तिक २५, २०८२

राप्तीको रामघाट मेला जुवाकाे अखडा बन्दै, प्रहरी र जनप्रतिनिधि मुखदर्शक

भालुवाङ १२ मंसिर । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका ७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ ।

मेलामा करिब २५/३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र जनप्रतिनिधि चुप लागेर बसेको नाम नखुलाउने सर्तमा एक स्थानीयले बताएका छन् । ती स्थानीयका अनुसार प्रहरी र जनप्रतिनिधिको मिलोमतोमा जुवा खेलाई रहेको बताएका छन् ।

मेलामा प्रहरीकाे समेत खासै उपस्थिति देखिदैन । जसले गर्दा मेलामा मनलाग्दी जुवा व्यवसाय फस्टाएकाे देखिन्छ । मेलामा अन्य थुप्रै खेलाैना, बाल उद्यान भएता पनि जुवा खेल्ने ठाउँमा भिडभाड नै देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation