बिहिबार, माघ २३, २०८२

राप्तीकाे विकट गाउँ जाबुनेमा विशेषज्ञ सेवा सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

दाङ १३ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ काे विकट गाउँ जाबुनेमा मंगलबार विशेषज्ञ सेवा सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जाबुने सामुदायिक स्वास्थ्य इकाईकाे उद्वाटन कार्यक्रमकाे अवसरमा गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा ३९ महिला र ४६ पुरुष गरि ८५ जनाले स्वास्थ्य चेकजाँच गरिएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनु भयाे ।

त्यस्तै शिविरमा २९ जनाकाे मधुमेह जाँच गरिएको थियो ।

शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसाे मधुमेह र उच्च रक्तचापका बिरामीहरु रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी बताउनुभयो ।

शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीहरु लाई नि:शुल्क औंषधी समेत वितरण गरिएको थियो ।

शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी, निक साइमनका डाक्टर आशिष दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, भालुुवाङ्ग स्वास्थ्य चाैकीका इन्चार्ज कृष्णप्रसाद श्रेष्ठ, अहेब शिव कुमार चाैधरी, यज्ञ बहादुर कार्की, अमिरुल्ला मिया, ल्याब असिस्टेन्ट स्वागत श्रेष्ठ लगायतले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation