बिहिबार, माघ २३, २०८२

रोटरी क्लब अफ राप्तीद्वारा डिजी भिजिट कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ राप्तीद्वारा डिजी भिजिट कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ राप्तीका अध्यक्ष रो. बासुदेव न्यौपानेको अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिस्ट्रिक गभर्नर रो. राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा भिजिट कार्यक्रम सम्पन्न भएको हो ।

डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा रहेका दलित बस्तिहरुमा रोटरि ईन्टरनेशनलले रोटरि भिलेज निर्माण गर्दै आएको बताउदै विद्यालयमा छात्रा शौचालय निमार्णका लागि रोटरी क्लव अफ राप्तीलाई डिष्ट्रिक ३२९२ बाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी क्लवका अध्यक्ष बासुदेव न्यौपानेले रोटरी क्लव अफ राप्तीले हालसम्म गरेका सामाजिक सेवा तथा आगामी दिनमा गर्ने कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो । क्लवमा हाल २५ जना सदस्य रहेका छन् ।

क्लवले भालुवाङ स्वास्थ्य चौकीलाई युभी आरो फिल्टर हस्तान्तरण, बराह प्रावि बगासोती बिद्यालयका विद्यार्थीहरुलाई झोला तथा विद्यालयहरुमा लागुऔषध दुव्यर्सन सम्बन्धि जनचेताना कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिस्ट्रिक सेक्रेटरी रो. दिनेश मानन्धर, जोन ३५ का असिस्टेन गभर्नर रो. डा. चेत नारायण पाण्डे का साथ क्लवका तर्फबाट तपराज आचार्य, दोर्ण आचार्य, डा. शंकरनाथ योगी, अनिल केसी, पुजा खनाल, अशोक बेल्वासे, बसन्त पुन, श्याम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation