बिहिबार, माघ २३, २०८२

राप्ती ४ मा गरिबी निवारणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

देउखुरी १४ मंसिर । राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा वडाका सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले उद्यमशिलताको तालिम स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकास गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो ।

गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने उद्यम विकास शाखाकी प्रमुख बीनिता चाैधरीले बताउनुभयो ।

वडाका सरोकारवाला नागरिकहरुकाे सहभागीता रहेको कार्यक्रममा गाउँपालिकाका प्रशासन प्रमुख विकास ज्ञवाली, समाजसेवी हुकुम बहादुर बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियाे भने कार्यक्रमकाे सहजीकरण लघु उद्यम विकास शाखाकी प्रमुख बीनिता चाैधरी र सहजकर्ता अमिता चाैधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation