मङ्लबार, कार्तिक २६, २०८२

नामसालिङ सामुदायिक विकास केन्द्र दाङद्वारा भुल्के र जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न

दाङ २० मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङले राप्ती गाउँपालिका वडा नम्बर ५ काे भुल्के र वडा नम्बर ९ काे जाकिनेमा पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका सँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाकाे पाेषण सचेतना कार्यक्रम अन्तर्गत परियाेजना क्षेत्रका भुल्के र जाकिने समुदायमा प्रयाेगात्मक शैलीकाे पाैष्टिक आहारा छनाैट तथा पाक विधि प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ ।

नामसालिङका फिल्ड काेर्डिनेटर धर्म यादवले सहजीकरण गरेकाे उक्त कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीका साथै समूदायका अन्य अगुवाहरूकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष सुनारीले पाेषणकाे महत्वका विषयमा प्रकाश पार्नुभएकाे थियाे ।

वि.सं २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ साल देखि एकीकृत सामुदायिक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

परियाेजना मार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation