बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिकाद्वारा सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान

दाङ २२ मंसिर । राप्ती गाउँपालिका दाङले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न गरेको छ ।

सुरक्षा निकायहरुमा भर्ना हुन चाहाने युवायुवतीहरुलाई भर्ना प्रक्रिया सम्बन्धी जानकारी गराउने र त्यस क्षेत्र तर्फ अग्रसर गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरेको हाे ।

कार्यक्रममा भर्ना हुन चाहाने ६० जना भन्दा बढी युवायुवतीहरुकाे सहभागीता रहेको थियो ।

सहभागीहरुलाई रणसिंह दल गण अर्जुन खोला लमहीका मेजर दिपक बुढाथोकी र इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले सुरक्षा निकायको तह, छनाेट प्रक्रिया, आवश्यक शैक्षिक याेग्यता, शारीरिक अवस्था, उमेर समूह, उचाइ, ताैल, खुल्ला प्रतियोगितात्मक परिक्षाकाे लागि पाठ्यक्रम, उनीहरूले प्राप्त गर्ने सेवा सुविधा लगायतका बारेमा जानकारी गराउनु भएको थियोे ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सुरक्षा निकायमा भर्ना हुन मेहनत, सकारात्मक साेच र आत्मविश्वास हुनु पर्ने बताउनुभयो ।

उहाँले यस कार्यक्रमले युवायुवतीहरुलाई सुरक्षा निकायमा भर्ना हुन थप टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै युवा पुस्ताहरु सुरक्षा निकायमा भर्ना भई जनता र राष्ट्र प्रति समर्पित हुनु पर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमकाे लागि यस अघि नै पालिकाले पटकपटक सुचना प्रकाशन गरि इच्छुक युवायुवतीहरुकाे नामावली संकलन गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation