सोमवार, कार्तिक २५, २०८२

नामसालिङकाे आयाेजना लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक लाेक गीत प्रतियाेगिता सम्पन्न

दाङ २५ मंसिर । नामसालिङ सामुदायिक विकास केन्द्र दाङकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत ” लैंगिक हिंसा न्यूनीकरण ” सम्बन्धी सचेतनामुलक लाेक गीत प्रतियोगिता आइतबार राप्ती गाउँपालिका ३ नयाँ बस्तीमा सम्पन्न भएकाे छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड अधिकृत धर्म यादवकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख अथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ३, ४, ७ र ८ का गरि ५ वटा सामुदायिक कृषक समुहकाे सहभागीता रहेको थियोे ।

जसमा सागरमाथा कृषक समूह प्रथम, मेलमिलाप कृषक समूह द्वितीय, काेपिला कृषक समूह तृतीय र सृजनशील कृषक समूह सान्त्वना भएका थिए ।

प्रतियोगितामा विजेता हुने समुहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियोे ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उमेश अधिकारी, वडा सदस्य ईश्वरी परियार, माध्यमिक विद्यालय माैरिघाटका शिक्षक राेमहर्ष अधिकारी, दुर्गा भवानी आधारभूत विद्यालयका मसुरियाका शिक्षक टाेमलाल गैरे लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएकाे थियाे ।

नामसालिङ सामुदायिक विकास केन्द्रका कृषि प्राविधिक धनकुमारी चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे संचालन काेपिला कृषक समुहकी सचिव सुधा शाहीले गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation