बिहिबार, माघ २३, २०८२

घण्टदेव सामुदायिक वनमा २७ गतेदेखि ४ गते सम्म महायज्ञ सञ्चालन हुँदै

भालुवाङ २६ मंसिर । लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा महायज्ञ सञ्चालन हुने भएको छ ।

हिन्दु धर्मको संरक्षण सम्बृद्वन गरि धार्मिक साँस्कृतिक तिर्थस्थलको रुपमा विकास गर्न तथा घण्टदेव धाम धार्मिक पर्यटकीय जलाधार संरक्षण स्थलको प्रारम्भिक पूर्वाधार निमार्ण तथा अक्षयकोष स्थापनार्थ महायज्ञ सञ्चालन हुन लागेको सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिएका छन् ।

घण्टदेव सामुदायिक वन मुल समारोह समितिको आयोजनामा मंसिर २७ गते देखि पुस ४ गते सम्म सामुदायिक वन कार्यालय परिसर मसुरीयामा श्रीमद्भागवत महापुराण सप्ताह धनधन्याचल ज्ञानमहायज्ञ सञ्चालन हुन लागेको सामुदायिक वनका घर्तीले जानकारी दिएका छन् ।

सामुदायिक वनको केहि समय अगाडी बसेको बैठकले महायज्ञ सञ्चालन गर्ने निर्णय गरे बमोजिम सो महायज्ञ सञचालन हुन लागेको हो । महायज्ञ अवधीभर नेपालकै ख्याती प्राप्त प्रखर वाचक व्यासाचार्य श्री भक्तराज जोशी भगवतशरण ज्यूको श्रीमुखारबिन्दवाट सु–मधुर शैलीमा कथा वाचन हुने आयोजकले जानकारी दिएको छ ।

महायज्ञको पहिलो दिन मंसिर २७ गते विहान १० बजे कलश यात्रा तथा महायज्ञ उद्घाटन, मण्डप पुजा मंसिर २७ देखि पुस ४ गते सम्म दैनिक विहान ६ बजे देखि ८ बजे सम्म, दैनिक भागवत पाठ परायण, भजनकिर्तन साथै देवलिला झाँकी विहान ८ बजे देखि १० बजे सम्म, दैनिक प्रवचन विहान ११ बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि राति १० बजे सम्म, लाखबत्ती जागाराम, पुस ४ गते र महायज्ञ समापन पुस ४ गते गरिने आयोजकले बताएको छ ।

यसै बीच महायज्ञको तयारी समेत तीव्र पारिएको छ । जस अनुसार चिठीपत्र वितरण, माइकिङ तथा प्रचारप्रसार, भालुवाङ, सिसहनियाँ र प्रवेशद्धारमा स्वागत गेट निमार्ण तथा मण्डप र स्टेज निमार्णको काम धमाधम भइरहेको आयोजकले जानकारी दिएको छ । साथै महायज्ञलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरि जिम्मेवारी तोकिएको छ ।

जस अनुसार महायज्ञ व्यवस्थापन मुल समितिको संयोजकमा टेकबहादुर गिरी, आर्थिक समितिको संयोजकमा भरतराज न्यौपाने, प्रचारप्रसार समिति संयोजकमा मोतीराम भट्टराई, कलश यात्रा संयोजकमा तारा भण्डारी, भान्सा व्यव्सथापन समिति संयोजकमा सिताराम गिरी, सुरक्षा तथा स्वम्सेवक व्यवस्थापन समिति संयोजकमा तुला गिरी, पुजा, फूलमाला तथा दुनाटपरी व्यवस्थापन समिति संयोजकमा पम्फा अधिकारी, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा तुला गिरी, दानदाता समन्वय तथा सम्पर्क समिति संयोजकमा भरतराज न्यौपाने रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation