अनिवार्य अवकाश प्राप्त राप्ती ३ का वडा सचिव पाेख्रेलको बिदाई

देउखुरी २९ मंसिर । अनिवार्य अवकाश प्राप्त राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा सचिव दामोदर पाेख्रेलकाे बिदाई गरिएको छ ।

२६ वर्ष सेवा अवधि पूरा गरि यहि मंसिर १२ गते अनिवार्य अवकाश प्राप्त गर्नुभएका पाेख्रेललाई शुक्रबार पालिकामा एक कार्यक्रमका बीच बिदाई गरिएकाे हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा पाेख्रेलकाे बिदाई कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहमा काम गर्दा विभिन्न चुनाैतीहरु आउने चर्चा गर्दै त्यसलाई सफलतापूवर्क पार गरि पाेख्रेलले इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले हरेक कार्यालयमा पाेख्रेल जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे औल्याउनु भयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले अवकाश प्राप्त भए तापनि पाेख्रेल जस्तो बाैद्विक र कर्तव्यबाेध सेवा निवृत्त कर्मचारी पालिकालाई सधैं आवश्यक हुने हुदा समयसमयमा पालिकालाई विभिन्न सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

सेवा अवधिभर जनताकाे कामलाई सधै  प्राथमिकतामा राखेर कहिलै कसैको गुनासो नआउने गरि पाेख्रेलले कार्य सम्पादन गरेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उहाँ बाट धेरै कुराहरू अनुसरण गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै उहाँले सचिव पाेख्रेललाई आगामि दिन सहज र शुखमय बिताेस भन्दै शुभकामना समेत दिनुभयो ।

त्यस्तै सचिव पाेख्रेलले सेवा अवधिभर आफू सदैब जनता र राष्ट्र प्रति कर्तव्यनिष्ठ, इमानदार, लगनशील र निष्पक्ष भएर सेवा प्रवाहमा प्रयत्नशील रहेको बताउनुभयो ।

पाेख्रेल वि.सं.२०५३ सालमा इलाका हुलाक कार्यालय बराैला प्यूठानमा खरिदार पदबाट नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नु भएको थियो ।भने २०७० सालदेखि सावित लालमटिया गाविस हुँदै स्थानीय तहको पुनर्संरचना सँगै २०७४ साल देखि राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा वडा सचिवकाे जिम्मेवारी पूरा गर्दै हाल वडा नम्बर ३ काे वडा सचिवकाे रुपमा कार्यरत हुनुहुन्थ्यो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पाेख्रललाई पालिकाकाे तर्फबाट मायाको चिनाे समेत प्रदान गर्नु भएको थियो ।

यसैबीच साेही कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय टिकापुर कैलालीमा उच्च शिक्षा अध्यनकाे लागि जान लाग्नु भएकी गाउँपालिकाकी कृषि शाखा प्रमुख सीमा भट्टलाई पनि बिदाई गरिएको छ ।

उहाँ आफ्नो चार वर्षे उच्च शिक्षा अध्यन पश्चात् पुन सेवाका लागि कार्यालयमै फर्कने बताइएको छ ।

पालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्य पालिका सदस्यहरु र विभिन्न शाखाहरुमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीहरुकाे उपस्थिति रहेकाे कार्यक्रमकाे सहजीकरण प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation