मङ्लबार, कार्तिक २६, २०८२

दाङ देउखुरीको राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्गको परिक्षण सफल

भालुवाङ १३ पुस । दाङ देउखुरीको राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्गको परिक्षण सफल भएको छ । गढवा गाउँपालिकाको अगुवाईमा राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समन्वयमा व्यवसायिक र्‍यापटिङ्ग सञ्चालनका लागि आज शुक्रबार राप्ती नदीमा र्‍यापटिङ्गको सम्भाव्यता अध्ययनका लागि परिक्षण सफल भएको हो ।

पहिलो दिन दाङ देउखुरीको राप्ती गाउँपालिका वार्ड नम्बर १ को हनुमानगढी मन्दिर देखि राप्ती गाउँपालिका वार्ड नम्बर ३ को बसन्तपुर तथा गढवा गाउँपालिका वार्ड नम्बर १ को जेठानगाउँ अर्थात बसन्तपुर जेठानगाउँ घाट सम्म करिब १५ किलोमिटर राप्ती नदीमा र्‍यापटिङ्गको परिक्षण गरिएको थियो । कणर्ाली र्‍यापटिङ्ग इडभाइजर प्रालिले राप्ती नदीमा दुई वटा बोट चलाएर परिक्षण गरेको थियो ।

लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ देउखुरीको राप्ती उपत्यकालाई पर्यापर्यटन संग जोडेर विकास गर्नका लागि व्यवसायिक र्‍यापटिङ्ग सञ्चालनको सम्भाव्यता अध्ययनका लागि राप्ती नदीमा र्‍यापटिङ्गको परिक्षण गरिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा विश्वासले जानकारी दिनुभयो । उहाँले नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेशको राजधानी निर्माणको परिकल्पना अनुसार हामीले राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्गको सम्भाव्यता खोजेको बताउनुभयो ।

पर्यापर्यटनको विकास नै भोली सुन्दर राजधानीको आधार रहेको बताउँदै अध्यक्ष शर्माले राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्गको परिक्षण सफल भएमा केही दिनमै राप्ती गाउापालिका र लुम्बिनी प्रदेश सरकार संग समन्वय गरेर दैनिक रुपमा व्यवसायिक र्‍यापटिङ्ग सञ्चालन गर्ने बताउनुभयो ।

यता कणर्ाली र्‍यापटिङ्ग इडभाइजर प्रालिका म्यानेजिङ डारेक्टर देबराज जोशीले राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्ग सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले र्‍यापटिङ्ग सञ्चालनका लागि चाहिने पानीको मात्र र नदीको बाहब एकदमै उपयुक्त रहेकोले व्यवसायिक र्‍यापटिङ्ग सञ्चालन गर्न कुनै समस्या नरहेको बताउनुभयो । उहाँले देउखुरी क्षेत्र राजधानी समेत भएकोले व्यवसायिक रुपमा र्‍यापटिङ्ग सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

यस्तै राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप) ले राप्ती नदीमा व्यवसायिक रुपमा नै र्‍यापटिङ्ग सञ्चालन गर्न सके देउखुरीको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

यस्तै राप्ती गाउँपालिका ३, नम्बर वडा अध्यक्ष उमेश अधिकारीले राप्ती नदीमा व्यवसायिक र्‍यापटिङ्गको प्रबल सम्भावना रहेकोले तत्काल व्यवसायिक रुपमा सञ्चालनका सबै पक्षबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले व्यवसायिक रुपमा र्‍यापटिङ्ग सञ्चालनका लागि परिक्षण सफल भएमा स्थानीय सरकारको तर्फबाट पूणर् रुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायिक र्‍यापटिङ्ग सञ्चालनले विभिन्न पेसा व्यवसाय फस्टाउने र स्थानीय सरकारको राजश्व बृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

र्‍यापटिङ्ग परिक्षणका लागि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा विश्वास, राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी (अनुप), राप्ती गाउँपालिका ३, नम्बर वडा अध्यक्ष उमेश अधिकारी, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, भालुवाङ होटेल व्यवसाय समितीका सचिव दुर्गाप्रसाद पन्थी, राप्ती उद्योग बाणिज्य संघका सदस्य बसन्त गिरी, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भाबुक, पत्रकार चन्द्र खनाल र कर्णाली र्‍यापटिङ्ग इडभाइजर प्रालिका म्यानेजिङ डारेक्टर देबराज जोशी सहित उहाँको गाइड टिम समेत रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation