बिहिबार, माघ २३, २०८२

राप्तीमा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

देउखुरी २६ पौष । दाङको राप्ती गाउँपालिकामा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

बिहीबार जिल्ला खेलकुद विकास समितिका सदस्य सन्ताेष ओलीको उपस्थितिमा पालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुकाे बैठकले सो निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे आयोजनामा उक्त खेलकुद प्रतियोगिता हुने भएको हाे ।

प्रतियोगिता आगामी माघ ५ गते देखि ७ गते सम्म तीन दिन सञ्चालन हुने भएको छ ।

गत वर्षको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे बिजेता विद्यालयले नै यस वर्षको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय अनुसार यस वर्ष साे विद्यालयले खेलकुद प्रतियोगिताकाे आयाेजना गर्न लागेको हाे ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी गराईने बताईएको छ ।

त्यस्तै प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरुकाे विवरण माघ ४ गते दिउसाे १ बजे सम्म आयाेजक विद्यालयमा अनूसुची-१ बमोजिमको फारम भरि बुझाइसक्नु पर्ने बताइएको छ ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिवल, कबड्डी, एथ्लेटिक्स, सय मिटर दाैड, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरु समावेश गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विकले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation