सोमवार, कार्तिक २५, २०८२

गढवा बहुद्देश्यीय कभर्डहलको गाउँपालिका अध्यक्ष पोख्रेलद्वारा निरीक्षण

गढवा २९ पौष । गढवामा निर्माण भैरहेको बहुउद्देश्यीय कभर्डहलको शुक्रबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले निरिक्षक गर्नु भएको छ ।

गाँउपालिका अध्यक्ष पोख्रेलले एक बर्ष मिति २०७९ पौष ९ गते पहिलो मैत्रिपुर्ण व्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कभर्डहल बनाउने प्रतिबद्धता गर्नु भएको थियो ।

एक बर्ष पहिले बोलेको बोली पुरा भएको छ। गढवा गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा गढवा कभर्डहलको लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

पालिकामा खेल क्षेत्रको विकास गर्न कभर्डहल अतिआवश्यक रहेकाले निर्माणमा सहयोग गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । “कभर्डहल अभावमा अहिलेसम्म पालिकामा एउटा पनि खेलकूद गर्न सकिएको छैन अध्यक्ष पोख्रेलले भन्नुभयो, “आगामी दिनमा फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कभर्डहल निर्माण गरिरहेका छौ ।” हलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबड्डी, डण्डिबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

त्यसैगरी हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमता रहेको छ । सो हल देउखुरीको सबैभन्दा व्यवस्थित बनाईने बताईएको छ ।

गढवा बहुउद्देश्यीय कभर्डहल २८ मिटर लम्बाइ, १८ मिटर चौडाइ र १० मिटर उचाइको रहेको छ । हललाई सि. ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. घोराही दाङ्गले निर्माण गरिररेको छ । कभर्डहलको ५० प्रतिशत कार्य सकिएको गढवा गाउँपालिका सव-इन्जिनियर चन्द्र प्रकाश वलीले जानकारी दिनुभयो ।

एक बर्षको पहिले पहिलो ब्याटमिन्टन खेल प्रतियोगिता हुदाको तस्विर आर्थिक वर्ष २०७८/०७९ सामाजिक बिकास डिभिजन कार्यालय तुलसिपुर बाट दश लाखमा सुरुवात भएता पनि बजेट अभावका कारण अलपत्र बनेको कभर्डहलको सम्पुर्ण निर्माणकार्य गाउँपालिकाले आन्तरिक बजेट बाट गर्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation