गढवा ६ माघ । गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्धारा गढवा ७ चन्दनपुरमा र एकिकृत आँखा उपचार केन्द्र गढवा-३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
चन्दनपुरमा नि:शुल्क आँखा चेकजाँच कार्यक्रममा कुल १ सय ७६ जनाको आँखा चेकजाँच गरिएको छ ।
चेकजाँचका क्रममा २४ जना मोतियाविन्दुका विरामीहरू फेला परेको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे ।
त्यसैगरी एकिकृत आँखा उपचार केन्द्र गढवा ३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रममा ७५ जनाको आँखा चेकजाँच गरिएको छ । जसमध्ये १५ जना मोतियाबिन्दु र ४ जना मासु पलाएको बिरामी भेटिएको एकिकृत आँखा जाँच केन्द्र गोबरडिहाका प्रमुख शीतल चौधरीले जानकारी दिनुभयो ।
मोतियाबिन्दु भएका बिरामीहरूको लमही आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको एकिकृत आँखा उपचार केन्द्र राजपुर २ मटेरियाका प्रमुख आर्जु खनालले जानकारी दिनु भयाे ।
चन्दनपुर र परसिया दुबै ठाउँका मोतिबिन्दु भएका बिरामीहरूले सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिक्ताको फोटो कपी सहित आए दुई हजार रुपैयाँ छुट हुने बताईएको छ ।











