देउखुरी १३ फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा आजबाट १५ हजार ३ सय ८८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धकाे खोप लगाउन सुरु गरिएको छ ।
जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई साे खोप लगाउन सुरु गरिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयाे ।
यस वर्ष गाउँपालिकाले विभिन्न वडामा रहेका स्वास्थ्य संस्था ,सामुदायिक र संस्थागत विद्यालय गरि ५२ वटा खाेप केन्द्र निर्धारण गरि अभियान सञ्चालन गरेको शाखा प्रमुख रावतले जानकारी दिनुभयाे ।
खाेप अभियान फागुन १३ गते अर्थात आज देखि फागुन २५ गते सम्म सञ्चालन हुने बताइएको छ ।
यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा स्वास्थ्यकर्मीहरु लाई भ्याक्सिन क्यारियर प्रदान गरि खाेप अभियानको उद्घाटन गर्नु भएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्टले जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु काेही पनि नछुट्ने गरि अनिवार्य खाेप लगाई आफ्नो बालबालिकाहरु लाई निराेगी बनाई अभियानलाई सफल पार्न सम्पूर्ण गाउँपालिका बासीहरुलाई आग्रह समेत गर्नुभएको छ ।











