सोमवार, कार्तिक २५, २०८२

आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा धुमधामका साथ मनाइँदै

काठमाडौं । आज फागुन कृष्ण चतुर्दशीको दिन देशभरका शिवालयमा धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदै छ ।

आज रातभरि नै जागा बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ । आजकै तिथिमा भगवान शिवको माता पार्वतीका साथ विवाह भएको थियो । यस महामिलनका दिन भगवान शिवको आराधना गर्दा भगवान शिव छिट्टै प्रसन्न हुने धार्मिक विश्वास रहिआएको छ । यसैगरी आजकै दिन भगवान शिव निराकार ब्रह्माबाट साकार स्वरुपमा अवतरित भएका हुँदा पनि महाशिवरात्रि पर्व मनाउने गरिन्छ ।

आज धर्मावलम्बीहरु बिहानै नदी, कुण्ड र तलाउ पुगी स्नान गरी शिवालयमा पूजा आराधनाका लागि लाम लागिसकेका छन् । देशका प्रमुख शिवालयहरुमा भक्तजनहरुको उल्लेख्य भीडभाड देखिएको छ भने काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, लमजुङको करापुटारलगायत शिवालयमा भक्तजनको व्यापक घुइँचो लागेको छ ।

आजका दिन भक्तजन निराहार व्रत बसी भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्दछन् भने आज राति भगवान् शिवलाई जाडो हुने भन्दै दाउरा मुढा बटुलेर धुनी जगाई भजनकीर्तन गरि सोही धुनी प्रसाद तयार गरि बाँड्ने पनि गरिर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation