देउखुरी २५ फागुन । निजी लगानीमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ का ऋषिराम पौडेलले निजी लगानीमा निमार्ण गरेको बाटो र मन्दिर शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन ।
आज एक कार्यक्रमका विच पौडेलले शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीलाई चावी हस्तान्तरण गरेका हुन् ।
पौडेलले २०७२ सालमा राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा अवस्थित सिद्धेश्वरी शिव मन्दिरको दक्षिण तर्फ १२ लाखको लगानीमा नागेश्वर मन्दिर निर्माण गरेका थिए ।
२०७२ सालमा आफुले निमार्ण गरेको नागेश्वर मन्दिर आजको दिनदेखि शिद्धेश्वरी शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको मन्दिर निमार्ण कर्ता ऋषिराम पौडेलले बताए । पौडेलले भने ‘आजका दिन देखि मन्दिर र मन्दिर भित्र रहेका सम्पूर्ण सामान हस्तान्तरण गरेको छु ।’












