सोमवार, कार्तिक २५, २०८२

गढवा भिटा परियोजनाका महिला उद्यमी समूहहरुबाट संकलित रकम आगलागी पिडितलाई हस्तान्तरण

गढवा १८ चैत । गाउँपालिका भिटा परियोजनाद्वारा गठित बिभिन्न मूल तथा उपहार समूहका महिला सदस्यहरुबाट संकलित रकम गढवाको मलमलामा भएको आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ ।

भिटा परीयोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले आठ वटै वडाबाट संकलन गरिएको सहयोग रकम ४५ हजार २ सय २५ रुपैयाँ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको हात बाट आगलागीबाट पिडित परिवार लाई सनिवार हस्तान्तरण गरिएको छ ।

गढवा गाउँपालिकाको आठ वटै वडाका गठित मूल तथा उपहार समुहहरुका सदस्यहरुले गढवा १ मलमलामा भएको आगलागी बाट क्षती भएका घरपरिवारलाई राहत स्वरूप सहयोग रकम हस्तान्तरण गरिएको छ ।

चैत्र १० गते सर्ट सर्किटबाट भएर आगलागी हुँदा गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्चि घर र घरमा भएको लत्ता कपडा भाँडा वर्तन, खाद्यान्न जलेर नष्ट भएको थियो ।

आगलागीमा परेर गोठमा बाधिएर रहेका दुई गोरु, दुई बाख्रा र एक खसी गरी अन्दाजी ६ लाख बराबरको क्षती भएको थियो ।

त्यसैगरी सोही आगलागीबाट मलमला निवासी कालु कुमालको कच्ची भान्सा घर र एक बाख्रा, लत्ताकपडा अन्नपात गरी करिब २ लाख बराबरको क्षेती भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation