देउखुरी २९ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राकाे बीउ बाेका प्रदान गर्नुभएको छ ।
पालिकाको वडा नम्बर १ खर्क निवासी अतिविपन्न कृष्णबहादुर राना मगरलाई उक्त बाेका प्रदान गर्नुभएको हाे ।
अध्यक्ष विष्ट मंगलबार जनताहरुको समस्याहरु बुझ्न खर्क गाउँ पुग्नु भएकाे थियोे । साेही बेला रानाले आफूसँग केही माउ बाख्रा भएको तर बीउ बाेका आवश्यक परेको बताएपछि पालिकाका अध्यक्ष विष्टले बुधबार नै बाेका प्रदान गर्नुभएको हाे ।
जङ्गलकाे नजिकै रहेको खर्क गाउँमा बाख्रापालनकाे राम्रो सम्भावना रहेकाे छ ।
अध्यक्ष विष्टले आफू गाउँपालिकाकाे अध्यक्ष पदमा निर्वाचित भए देखि नै गाउँपालिकाबाट प्राप्त गर्ने सेवा सुविधा बाफतकाे रकमबाट अति विपन्न नागरिकहरुलाई सहयोग गर्दै आइरहनु भएको छ ।











