बिहिबार, चैत्र १२, २०८२

राप्तीका स्वयंसेवीकाहरुलाई भान्सा सुधार बारे सचेतना

देउखुरी १९ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाका महिला स्वंयसेविकासँग बुधबार भान्सा सुधार कार्यक्रम गरिएको छ ।

जीवन स्वस्थ्य बनाउन भान्साबाटै सुधार गर्नका लागि महिला स्वयंसेविकालाई भान्सामा पकाउनुपर्ने कुरामा सचेतना प्रदान गरिएको हो ।

‘मेरो स्वास्थ्य-मेरो जिम्मेवारी’ भन्ने मूल उद्देश्यका साथ राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरकाे आयोजना कार्यक्रम गरिएको हो ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डाक्टर मदन कुमार बिसीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा अध्यक्ष विष्टले अस्वस्थ खानपानकै कारण नागरिकले स्वास्थ्य समस्या बेहोर्नुपरेकोले भान्सा सुधार कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । उहाँले हरेक नागरिक स्वस्थ भएपछिमात्रै अरु विकास गर्न सकिने बताउनुभयो ।

राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर बिसीले आम नागरिकको भान्सामै अस्वस्थकर खाना पाक्न थालेको हुँदा गृहणीलाई भान्सा सुधार सम्बन्धी कार्यक्रम गरिएको बताउनुभयो ।

राप्ती गाउँपालिका अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत ३५ जना महिला स्वयंसेविकाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, वैद्य निरीक्षक तथा कार्यक्रम संयाेजक विष्णुप्रसाद पन्थी लगायतले बाेल्नु भएको थियो भने कार्यक्रमकाे सहजीकरण वरिष्ठ कविराज निरीक्षक डाक्टर कैलाश न्यौपानेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation