देउखुरी २५ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ तल्लो घाेसखाेलाका दलित महिलाहरुलाई २ महिने नि:शुल्क कटाई सिलाई तालिम दिन सुरु गरिएको छ ।
राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीकाे आयोजनामा तालिम दिन सुरु गरिएको हाे ।
‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ गाउँपालिकाले दलित सञ्जाल सँग समन्वय गरेर दलित महिलाहरुलाई आयआर्जन सँग जाेड्ने उदेश्यले तालिम दिन सुरु गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
१४ जना दलित महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा तारा परियार रहनु भएको छ ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम पछि सिलाई मेसिन समेत प्रदान गरिने दलित सञ्जाल राप्तीका अध्यक्ष ठगेन्द्र परियारले जानकारी दिनुभयो ।
यसैबीच एक कार्यक्रमकाे आयोजना गरि साेमबार तालिमको उद्वाटन गरिएको छ ।
दलित सञ्जाल राप्तीका अध्यक्ष ठगेन्द्र परियारकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यता एवम प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीकाे विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन गरिएको हाे ।
उक्त कार्यक्रममा राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली सार्की, वडा नम्बर ९ कि वडा सदस्य तारा विक, बाल प्रगति प्राथमिक विद्यालय तल्लो घाेसखाेलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कवर, प्रधानाध्यापक गाेविन्द चाैधरी लगायत दलित सञ्जालका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।
सञ्जालकी सहसचिव गंगा सुनारको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रमकाे सहजीकरण सचिव रामकृष्ण सुन्दासले गर्नुभएको थियो ।











