सोमवार, कार्तिक २५, २०८२

भालुवाङमा ११ दिनसम्म संचालन भएको शिव पुराण महायज्ञको आय व्यय सार्वजनिक

देउखुरी । भालुवाङमा बैशाख १ गते देखि ११ गतेसम्म संचालन भएको शिव पुराण महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १ मा अवस्थित भालुवाङ शिवालय पर्यटन विकास संरक्षणको प्रांगणमा बैशाख १ गतेदेखि ११ गतेसम्म शिव पुराण महायज्ञ संचालन भएको थियो । भालुवाङ निवासी जुगलाल पोखेल तथा हुमादेवि पोख्रेलको स–परिवारबाट ११ दिन शिव पुराण महायज्ञ संचालन भएको हो ।

पोख्रेल परिवारको आयोजना र भालुवाङ शिवालयको सह–आयोजनामा भालुवाङ शिवालयमा संचालन भएको शिव पुराण महायज्ञको आज पत्रकार सम्मेलनको आयोजना गरि आय व्यय सार्वजनिक गरिएको हो ।

समितिका सह अध्यक्ष द्रोण प्रसाद आचार्यले आय व्यय सार्वजनिक गर्दै महायज्ञबाट नगद तथा जिन्सीका साथै दानपेटीबाट ४६ लाख २ सय ४० रुपैया उठेको जानकारी दिए । उक्त रकमबाट महायज्ञमा मन्रि समितिको तर्फबाछ ४ लाख २९ हजार ९ सय रुपैया खर्च भएको छ । संकलित रकमबाट सम्पूर्ण खर्च कटाई मन्दिर व्यवस्थापन समितिले ४१ लाख ७० हजार ३ सय ४० रुपैया बचाउन सफल रहेको सह अध्यक्ष आचार्यले जानकारी दिए ।

शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता तथा आयोजकका तर्फबाट जगत प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा खर्च आय व्यय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि पोख्रेलले महायज्ञ ऐतिहासिक रुपमा यस क्षेत्रको पहिचान झल्कने गरी सफल गराउनु भएको सहयोग गर्ने सम्पूर्ण संघ संस्था तथा भक्तालुहरुलाई धन्यवाद व्यक्त गर्न भयो ।

११ दिनसम्म संचालन भएको महायज्ञको सम्पूर्ण खर्च पोख्रेल परिवारले गरेको थियो भने उक्त महायज्ञबाट संकलन भएको दान तथा भेटी मन्दिर व्यवस्थापन समितिमा राखिएको थियो ।

उक्त रकमबाट शिव मन्दिरमा धर्मशाला निमार्ण तथा पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य लिइएको अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । #साभार हाम्रो लुम्बिनी न्युज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation